सोसल मिडिया
युनिकोड
नेपाल राष्ट्र बैंकले आफ्ना ११ जना कार्यकारी निर्देशकहरूलाई यताउता पारेको छ। गभर्नर विश्व पौडेलले भोलि बुधबारदेखि लागू हुने गरी आजै मंगलबार ती कार्यकारीहरूलाई चलाएका हुन्।
सरुवा सूची अनुसार, विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा किरण पण्डितलाई जिम्मेवारी दिइएको छ। पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा कार्यरत थिए।
मुद्रा व्यवस्थापन विभागमा कार्यरत रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागका गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा पठाइएको छ। दुई भाई पौडेल साटफेरमा परेका छन्।
मानव संसाधन विभागबाट विश्रुता थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ। उता,मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा तानिएको छ।
राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मा लगाईएको छ भने सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागको जिम्मा लगाईएको छ। रोशनकुमार सिग्देललाई बैंकिङ विभाग, अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग तोकिएको छ।