सोसल मिडिया
युनिकोड
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा परेको छ । सोमबार दायर गरिएको रिट निरौलाको इजलासको तेस्रो नम्बरमा परेको छ ।
दोस्रो मुद्दा स्थगित भएकाले पहिलोको सुनुवाइ सकिएलगत्तै उनको रिटमा सुनुवाइको पालो आउनेछ ।
सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई तोकिएको अवधि पूरा नहुँदै कार्यकारी निर्देशकबाट हटाएको थियो । यसविरुद्ध उनी अदालत गएका हुन् ।
यसअघि, ०७८ सालमा देउवा सरकारले शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएको थियो । शाक्यले दुई–दुईपटक पदबाट हटाएर आफूमाथि अन्याय भइरहेको बताउँदै आएका छन् ।