सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति युवाहरुको आकर्षण बढ्दो छ। काठमाडौँ क्षेत्र नम्बर १ का चल्तापुर्जा ११ जना युवा आज राप्रपा प्रवेश गरेका छन्।
ठुले एकादशीको भोलिपल्टै हिन्दुवादी पार्टीका रुपमा चिनिएको राप्रपामा एघार थान युवालाई पार्टी प्रवेश गराएका अध्यक्ष राजेन्द्र लिङदेनले फरक सन्देश दिन खोजेका छन्।
समाजसेवी समेत रहेका पार्टीका सहकोषाध्यक्ष सोभित उप्रेतीको संयोजनमा ती युवा राप्रपा प्रवेश गरेका हुन्। उप्रेतीको काठमाडौँ-१ मा विशेष प्रभाव छ। उनको सक्रियताका कारण राप्रपाको सो क्षेत्रमा दर्बिलो प्रभाव छ।
ठुला भनिएका र नयाँ भनिने दल परित्याग गर्दै राप्रपा प्रवेश गर्नेको संख्या पछिल्ला दिनमा बढ्न थालेको विवरण प्राप्त भएको छ।