राष्ट्रपति कार्यालयमा आगो झोस्ने र सरसामान चोर्ने तीन भाई समातिए 

शुक्रबार, कात्तिक १४, २०८२

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरुले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । साथै त्यहाँबाट उनीहरुले सरसामान चोरेका थिए ।

उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्