सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठक सुरु हुनुअगाडि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका एजेन्डामा छलफल हुनेछ ।
मंसिरमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गर्ने र क्रियाशील सदस्यता विवादका विषयमा बैठकमा छलफल हुनेछ । महामन्त्री थापा यो एजेन्डा बिहीबारको बैठकमा राख्न पाउने अवस्था नबनेपछि उनी बिनासूचना अनुपस्थित भएका थिए ।
कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर चर्को मतभेद छ । कांग्रेसमा संस्थापन (शेरबहादुर देउवा) पक्षका नेताहरू सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनपछिमात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
संस्थापनइतर समूह मंसिरभित्रै महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्नेछ ।