यस्तो छ माधव नेपालले पेस गरेको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन

बुधबार, कात्तिक १२, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । राजधानीको मिराकल भेन्युमा केहि बेरअघि सुरु भएको बैठकमा नेपालले २५ पृष्ठ लामो आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

राजनीतिक प्रतिवेदनमा उनले वर्तमान राष्ट्रियदेखि अन्तर्राष्ट्रिय राजनीति परिस्थिति, पार्टीको अवस्था, जेनजी आन्दोलन, अहिलेको चुनौतीसहितका विषय समेटेका छन् । अध्यक्ष नेपालले जेनजीको माग वर्तमान संविधानको खारेजी र संसद्को विघटन नभएको बताएका छन् ।

‘उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो । प्रतिनिधिसभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे,’ उनले भनेका छन्, ‘उनीहरूले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दै छन् ।’

राजनीतिक प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्