सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ। त्यसका अतिरिक्त बिहिबार पनि बस्ने गरेको छ। तर आजको बैठक नियमित नभएर आकस्मिक बैठक हो।