राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले किन दिए राजीनामा ?

मंगलबार, कात्तिक ११, २०८२

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अर्यालले मंगलबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

कोइरालाले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालज्यूले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ।’

अर्याल २०८० वैशाख २१ गते सचिवमा नियुक्त भएका थिए। त्यसअघि उनी संसद सचिवालयमै सहसचिवमा कार्यरत थिए। अर्याल सार्वजनिक लेखा, वित्त प्रणालीका ज्ञाता हुन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्