सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवा दम्पति ह्विलचेयरमा देखिए

मंगलबार, कात्तिक ११, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलबाट बाहिरिने क्रममा देउवा र पत्नी आरजु राणा ह्विलचेयरमा देखिएका थिए । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।

लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए ।

त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि पत्नीसहित गएराति सिंगापुर गएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्