संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, छेउछाउका जिल्लामा समेत हल्लायो

मंगलबार, कात्तिक ११, २०८२

आज मंगलबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (संखुवासभा) आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। ताप्लेजुङ्गमा समेत मज्जाले हल्लाएको बुझिएको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्