पशुपतिलाई देशको चिन्ता, शुभकामना दिदैं के-के भने ?

मंगलबार, कात्तिक ४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले मुलुकलाई स्थिरतामा फर्काउनु पर्ने अभिभारा वर्तमान सरकारको काँधमा रहेको बताएका छन् ।

राप्रपाको दोलखा जिल्ला प्रदेश ख ले आयोजना गरेको चाडपर्व लक्षित कार्यक्रमा सम्बोधन गर्दै मुलुकको स्थायित्वका लागि सबै जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् ।

चाडपर्वको शुभ कामना दिदैं नेता राणाले सबै एकजुट भए मात्र देश बनाउन सकिने धारणा राखेका थिए ।

भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा देउसी भैलो समेत खेलिएको थियो । दोलखामै जन्मे हुर्केका राप्रपाका केन्द्रीय सह कोषाध्यक्ष सोभित उप्रेती लगायतको बाक्लो सहभागिता रहेको कार्यक्रमको संचालन वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्