प्रधानमन्त्री कार्कीले तीन मन्त्री थप्दै, कहिले हुन्छ सपथ ?

आइतबार, कात्तिक २, २०८२

प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमा जुटेकी छन्। कार्कीले तीन जना मन्त्री थपेर सरकारको कुल संख्या ११ बनाउने भएकी छन्। 

रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तारको लागि छलफल तीव्र पारेकी उनले भाई टिका अगाडि नै सरकारलाई पूर्णता दिने बुझिएको छ। 

हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ। प्रधानमन्त्री कार्कीले बढीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेकी हुन्। प्रधानमन्त्री तीन-चार दिनयता मन्त्रिपरषद् विस्तारको लागि घनिभूत छलफमा रहेको एक मन्त्रीले जानकारी दिए।

‘मन्त्रिपरिषद् विस्तार आजै हुन पनि सक्छ। तर, टुंगो भइसकेको छैन,’ ती मन्त्रीले भने, ‘आज नभए एकदुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ।’

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ मन्त्रिपरिषद् विस्तारको घनिभूत छलफलमा जुटेका छन्। ‘विभिन्न पक्ष, उमेर समूह, समावेशिता, विशेषज्ञता सबैलाई हेरेर मन्त्रिपरिषद् विस्तार हुने छ,’ छलफलमा सहभागी ती मन्त्रीले भने।  

मन्त्री बन्न खोज्नेको संख्या भने १० दर्जन ज्यादा छ। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्