सोसल मिडिया
युनिकोड
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको आन्दोलनले निकै ठूलो क्षति पुर्याएको बताएका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई उछृङ्खल व्यक्तिहरूको कारणले निकै ठूलो क्षति पुर्याएको बताएका हुन् ।
‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ,’ उनले भने, ‘सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पु¥याएको छ ।’
साथै उनले नेपाल प्रहरीलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको भन्दै प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।
अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निसानामा पर्ने संगठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्ब भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामान पनि लुटपाट र आगजनी भएको र स्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।