अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घट्नाले देश बर्बादीतर्फ गएको ओलीको दाबी 

बुधबार, असोज २९, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । भनिमण्डलस्थित रामबाग महलमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको र देश बर्बादीतर्फ धकेलिएको बताएका हुन् ।

‘आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ, बर्बादीतर्फ धकेलिएको छ’, उनले भने, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ ।’

ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए । ‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं । किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर ? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्