सोसल मिडिया
युनिकोड
नेकपा एमालेका ५ पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार गुण्डुमा सम्पन्न सचिवालय बैठकमा १८ सदस्यीय सचिवालय मध्ये ५ पदाधिकारीले ओलीको राजीनामा माग गरेका हुन् ।
एक पदाधिकारी अनुसार बैठकमै राजीनामा माग्नेमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्ट रहेका छन् । उनीहरुले अध्यक्ष ओलीले तत्कालै राजीनामा दिएर अर्को पुस्ताबाट महाधिवेशन आयोजक कमिटीको संयोजक तोक्न माग गरेका हुन् ।
ति पदाधिकारीका अनुसार अरुले भने नेतृत्व परिवर्तन वा अनुमोदनमध्ये जे गरे पनि महाधिवेशनबाटै गर्नुपर्ने धारणा राखेका थिए ।