तीनवटै सुरक्षा निकायका मूलीलाई वरिपरी राखेर गृहमन्त्रीले गरे सोधनी

बिहीबार, असोज २३, २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग मन्त्री अर्यालले छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनबारे कुराकानी भएको थियो । यसका साथै अहिलेको सुरक्षा चुनौतीबारे पनि छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्