केपी ओलीले गुन्डुमा आजै समसामयिक राजनीतिक पुराण सुनाउने 

बिहीबार, असोज २३, २०८२

एमाले अध्यक्ष केपी ओलीले आज भक्तपुरमा विशेष भेटघाट गर्दैछन्। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट गर्न लागेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन्। 

बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्। एमाले भक्तपुरको आयोजनामा बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा सहभागीताको लागि पनि बस्नेतले आग्रह गरेका छन्। 

जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका ओली अहिले गुण्डुमा भाडाको घरमा बस्दै आएका छन्। पार्टी नेतृत्व छाड्न उनलाई पार्टी भित्रैबाट दबाब बढ्दै गए पनि उनले नेतृत्व नछाड्ने अडान लिइरहेका छन्। 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्