कुलमान जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन भन्दै कुर्लिएका बस्नेत के-के भने ?

बुधबार, असोज २२, २०८२

नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् । 

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए । 

“सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,” उनले भने, “रामेश्वर खनालजीबाट सुरु गरौँ । बालकोटमा बस्नुहुन्छ । पूर्वअर्थ सचिव हुनुहुन्छ ।” 

उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरे ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्