सोसल मिडिया
युनिकोड
ललितपुरको सातदोबाटोस्थित प्रहरी बृत्तको इन्चार्ज हेरफेर गरिएको छ। यसअघि बृत्तका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामकुमार यादवलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी फिर्ता गरिएको छ। यादवलाई ६ महिनामै फिर्ता गरेर त्यहाँ पूर्णिमा चन्दलाई पठाइएको छ। चन्द यसअघि काठमाडौँ प्रहरी परिसरमा कार्यरत थिइन्। यादव कमाण्डमा कमजोर देखिएको भन्दै चन्दलाई काजमा खटाइएको हो। पूर्णिमा चन्दलाई पूर्णिमा तिथीकै दिन त्यहाँ खटाईएको हो।
चन्दले यसअघि स्वयम्भू बृत्तको प्रमुख भएर काम गरिसकेकी छन्।