सुशीला सरकारलाई सुधन गुरुङ घाँडो, देखाईदिन्छु भनेपछि प्रहरी हाई अलर्ट

मंगलबार, असोज २१, २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न दबाब दिँदै आफूलाई जेनजी अभियन्ता भन्ने सुदन गुरुङ प्रहरीकहाँ पुगेका छन्। यद्यपि प्रहरीले उनको निवेदन दर्ता गरेन।

गुरुङ ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरी परिसर पुगेका थिए। सुदनसहितको समूहले ओली र लेखकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ गर्न माग गरेका थिए।

प्रहरीले भने सरकारले भदौ २३ र २४ को आन्दोलन र हिंसा तथा तोडफोडको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिसकेकाले ओली र लेखकबिरुद्धको निवेदन दर्ता गर्न नमानेको हो। प्रहरीले दर्ता गर्न नमानेपछि गुरुङको समूह सडकबाटै देखाइदिने चेतावनी दिँदै बाहिरिएका थिए।

गुरुङको चेतावनीपछि काठमाडौं उपत्यका प्रहरी परिसरले प्रहरीलाई हाई अलर्टमा राखेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्