यी हुन् देशैभरका पूर्णरूपमा अवरुद्ध भएका १८ राजमार्ग 

सोमबार, असोज २०, २०८२

वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। 

केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। संखुवासभास्थित कोसी राजमार्गको भोटखोला-४ बरुणखोला र संखुवासभाकै मकालु-४ एकुवामा आज सडक पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरि ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका- ६ र ७ को सीमा भएर बग्ने भँडारे खोलामा पनि बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ। 

सिद्धिचरण लोकमार्गमै पर्ने उदयपुरको कटारी नगरपालिका - १४ को दलदले र कटारीकै विभिन्न ठाउँमा पनि सडक पूर्णरुपमा अवरुद्ध छ। 

त्यस्तै धनकुटाको बाख्रिाबास र साँगुरीगढीका पनि विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोसी लोकमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ। 

त्यसैगरि इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएको छ। 

त्यसैगरि रसुवाको नेपाल चीन जोड्ने नाका, पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसीस्थित अरनिको राजमार्ग, काभ्रेको रोसीस्थित बीपी राजमार्ग, मकवानपुरको बकैया-११ घट्टेपाखास्थित कान्ति लोकपथ, मकवानपुरकै भिमफेदी गाउँपालिका-८ बगुवास्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर-३ स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पनि आज पूर्णरुपमा अवरुद्ध छ।

सिन्धुलीको मरिण गाउँपालिका-२ सिन्दुरेस्थित मदन भण्डारी लोकमार्गमा भने एकतर्फी गाडी चलेका छन्। 

त्यसैगरि सिन्धुलीकै फिक्कल गाउँपालिका-६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोसी-१ नेपालथोकस्थित बीपी राजमार्ग पनि आज पूर्णरुपमा अवरुद्ध अबस्थामा छ।557632870_1247853877385889_7109978482644923938_n_J2esTSNqel-1759718449.jpg

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्