सोसल मिडिया
युनिकोड
सुनसरीको कोसी ब्यारेजमा पानीको बहाब ४ लाख ८६ हजार नाघेको छ। सप्तकोसी नदीमा रहेको ब्यारेजको पुलमै पानी उक्लिएको सुरक्षा अधिकारीहरूले जनाएको छ।
बिहान साढे १०ः३० मा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा मापन गरिएको छ। कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार पानीको बहाव बढेसँगै दुवै नहरको पानी बन्द गराइएको छ। सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ।