पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा, प्रहरी घटनास्थल पुग्यो

शनिबार, असोज १८, २०८२

पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ ।

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् ।mदुर्घटना स्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले बताए ।

‘हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनुस न है,’ ढकालले भने ।

प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्