अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यी हुन् अवरुद्ध सडक

शनिबार, असोज १८, २०८२

शुक्रबार रातिदेखि अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौँ र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।

प्रहरीका अनुसार संखुवासभा जिल्लामा भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ पुग्मा क्षेत्रमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, रामेछापको गोकुलगंगा गाउँपालिका–८ पुजाखोला र सुम्पुखाका गोकुलगंगा गाउँपालिका–७ मा समेत राजमार्ग सञ्चालनमा अवरोध भएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोक र काठमाडौंमा भने तत्काल अर्को आदेश नभएसम्म दुबै तर्फबाट सवारीसाधन होल्ड गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले प्रभावित क्षेत्रमा पहिरो पन्छाउने र सडक खुलाउने कार्य जारी रहेको जनाएको छ। साथै, यात्रु र चालकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध समेत गरिएको छ ।sadak-1187x1536-1759560577.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्