मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालन, जोखिम भने कायमै 

शनिबार, असोज १८, २०८२

मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालन भएको छ। रातभर भएको बर्षाका कारण तुईन खोला पुल नजिकै नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फि सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

सडक डिभिजनले पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सुरक्षा निकायको समन्वयमा मात्रै सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ।

यसैगरी मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। आज बिहान करीब २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो। त्यसलगत्तै राजमार्ग बन्द भएको थियो।

अविरल वर्षासँगै खसेको पहिरो हटाएसँगै आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्