अहिले ठ्याक्कै कहाँ-कहाँ दर्किंदैछ झरी ? कहाँको अवस्था कस्तो ?

शनिबार, असोज १८, २०८२

देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी वाग्मती र मधेस प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ । 

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी प्रदेशको थोरै  स्थानमा गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्वदिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्