सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।