मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु पुगे, प्रधानमन्त्रीको सम्बोधन साँझ

बिहीबार, असोज ९, २०८२

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रीहरु प्रधानमन्त्री कार्यालय पुगिसेका छन् । आजै साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ।  

प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

उनले सम्बाेधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएकाे छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्। 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्