सार्वजनिक प्रशासन रूपान्तरण अभियानको संयोजकमा घिमिरे, मुख्यसचिव हटाइने

मंगलबार, असोज ७, २०८२

मुख्यसचिव एकनारायण अर्यालसहितलाई बर्खास्त गर्न माग गर्दै जन्मिएको सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८२ ले आकार ग्रहण गरेको छ ।

नेपाल सरकारका शाखा अधिकृत गणेश घिमिरेको संयोजकत्वमा केन्द्रीय समिति निर्माण भएको छ ।

जेन-जी कर्मचारीहरूको अभियानले भोलि बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भएको छ। मंगलबार बसेको जेन-जी कर्मचारीहरूको सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८२ बुधबार प्रधानमन्त्री कार्की र सामान्य प्रशासनमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको हो।

अविलाल राईलाई सहसंयोजक तोकिएको छ भने स्वतन्त्र कर्मचारी संगठनका संयोजक पशुपति पोखरेललगायत सदस्य छानिएका छन्।IMG-20250923-WA0001-1758621268.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्