सुशीला सरकारलाई स्वरमा स्वर मिलाउँदै विज्ञले दिए यस्ता सुझाव, युवाको गरे तारिफ

मंगलबार, असोज ७, २०८२

भदौ २३ र २४ को दुई दिने जेनजी आन्दोलनको अभूतपूर्व राप र तापको जगमा उभिएको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्नेमा विज्ञहरूले बिशेष जोड दिएका छन्। 

मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको ठहर गर्दै विज्ञहरूले स्वरमा स्वर मिलाएका छन्। 

राजधानीमा सोमबार फ्रेन्डस अन क्लाउडले आयोजना गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेतीले चीनसंग रणनीतिक साझेदारीमा जोड दिंदै भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले त्यस बाहेकका मुलुक संग पनि गच्छे अनुसारको चलिआएको कुटनीतिक सम्बन्धलाई कायम राख्दै नेपाललाई उन्नत मुलुक बनाउन लाग्नुपर्नेमा सूचित गराएका छन्। sovit-ji-1758594449.jpg

उप्रेतीको धारणालाई सदर गर्दै विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस भुषालले पनि जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। 

पश्चिमा शक्तिको प्रभावले छिमेकी मुलुकको सुरक्षामा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भन्दै उनीहरूले संकटको घडीमा छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भएको स्मरण समेत गर्न भ्याएका छन्। 

उक्त कार्यक्रममा धारणा राख्ने सबैले चीनसंग रणनीतिक साझेदारमा जोड दिंदै शिक्षा, पर्यटन, स्वास्थ, युवा लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने मत राखेका छन्। 

नेपालमा युवाहरूको आन्दोलन भ्रष्टाचार विरद्द भएको स्पष्ट भएकाले कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको  सन्तुलन मिलाउन सक्नुपर्ने उनीहरु बताउँछन् । नेपालको सनातनी विदेशी सम्बन्धलाई कार्की सरकारले कायम राख्नुपर्नेमा र थप सन्तुलित बनाउनु पर्नेमा सबै वक्ताले जोड दिएका छन्। 

दशैंको शुभकामना आदानप्रदान गर्ने गरि आयोजित सो कार्यक्रममा प्राध्यापक, कुटनीतिक क्षेत्रका अगुवा,कानून व्यबसायी, जेनजी आन्दोलनका प्रतिनिधि, पत्रकार,कलाकार, स्थापित व्यवसायी सहित समाजका हर क्षेत्रका अगुवाको बालको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्