सोसल मिडिया
युनिकोड
नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफ्नो जिम्मेवारीप्रति सीधा, सरल र सेवाकेन्द्रित दृष्टिकोण प्रकट गरेका छन् । मन्त्रालयको भव्य वातावरण वा व्यक्तिगत सुविधाप्रति उनले कुनै चाहना नराख्ने बताएका छन् ।
मन्त्रीको शपथपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले भने, ‘सेवासुविधा मलाई केही पनि चाहिँदैन । मन्त्रालयमै ओछ्यान लगाएर बस्छु, किचेन पनि त्यहीँ हुनेछ । त्यहीँ पकाएर खान्छु ।’
उनले आफूलाई ‘अपर्झट मन्त्री’ बनाइएको उल्लेख गर्दै अहिले आफ्नो विस्तृत कार्यसूची नरहेको बताए । ‘अपर्झट मन्त्री बनाइदियो, म के–के गर्छु त्यो अहिले बताउन चाहन्नँ,’ उनले भने । उनले आफूलाई कवाडी मन्त्री भन्नु भन्दै सपथ नालिदै प्रतिक्रिया दिएका छन्।