जेनजी आन्दोलनमा घर जलाईएका हितेन्द्रदेव शाक्यलाई सरकारले पनि लखेट्यो 

सोमबार, असोज ६, २०८२

सरकारले नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि कसरी अघि बढ्ने परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटार जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । प्रतिक्रियामा उनले सरकारले कसरी ‘ट्रिट’ गर्छ सोही आधारमा अघि बढ्ने बताए ।

“मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु,” उनले भने । कसरी अगाडि बड्ने तयारी हो त्यो भने उनले प्रष्ट पार्न चाहेनन् । 

आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको उनको भनाइ छ । “म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो,” उनले भने, “अब दसैँ मनाएपछि कसरी अघि बढ्ने सोचौँला ।”

जेनजी आन्दोलनमा घर जलेपछि शाक्य राज्यको लखेटाईमा परेका हुन्। 
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्