प्रधानमन्त्री कार्कीले जासुसी अड्डाको जिम्मा टेकेन्द्र कार्कीलाई लगाईन्

आइतबार, असोज ५, २०८२

देशको आन्तरिक सुरक्षाबारे सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई गुप्तचर प्रमुख नियुक्त गरेको हो । 

गत भदौ २८ मा गुप्तचरका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले अवकाश पाएसँगै विभाग नेतृत्वविहीन भएको थियो ।

गोप्य सूचना संकलनमा कार्कीको विज्ञता अब्बल गरेको केही गुप्तचर अधिकारी बताउँछन् । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्