सोसल मिडिया
युनिकोड
अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद बैठक बोलाएकी छिन् ।
नियमित वैठक सोमवार बस्ने भएपनि भोलि सार्वजनिक बिदा भएकाले आजै बैठक बोलाइएको हो।
आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्त गर्दैछ ।
उक्त विभागलाई प्रधानमन्त्री कार्यालय मातहत बाट गृह मन्त्रालय फिर्ता गरिने भएको छ । अघिल्ला प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ल्याएका थिए। त्यसैगरी, अर्थ मन्त्रालयबाट उनै ओलीले तानेको राजस्व अनुसन्धान विभाग पनि अर्थ मन्त्रालयमा नै रहने गरी आजको क्याविनेटले निर्णय गर्ने छ । सम्पति शुद्धिकरण विभाग पनि प्रधानमन्त्री कार्यालय मातहत नराखिने भएको छ ।
जासुसी संस्था राअविको प्रमुखमा मा टकेन्द्र कार्कीलाई नियुक्त गर्ने संकेत मिलेको छ ।
तत्कालीन प्रमुख हुत राज थापा भदौ २९ गते अनिवार्य अवकाशमा गएपछि सो स्थान रिक्त छ । त्यस्तै एकजना सहसचिव पनि सचिवमा उकालिने संभावना छ ।