सोसल मिडिया
युनिकोड
नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
कार्यक्रममा ओलीका लागि आसन छैन । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । कार्यक्रममा ओली उपस्थित हुने वा नुहने भन्ने एमालेले कुनै जानकारी दिएको छैन ।
जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् । उनी बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका हुन् । सेनाको ब्यारेकबाट बाहिरिएपछि ओली गुड्डुस्थित भाडाको घरमा बसेका छन् ।
बालकोटस्थित घर जेनजी प्रदर्शनकारी आगो लगाएपछि बस्नै नमिल्ने भएको छ । बस्न लायक बनाउन एक महिनाभन्दा बढी लाग्ने भएकोले त्यतिञ्जेल ओली भाडाकै घरमा बस्ने भएका हुन् ।