सोसल मिडिया
युनिकोड
अन्तरिम सरकारका प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीपरिषद विस्तार गर्दैछन् । आइतबार कार्यभार सम्हालेका उनले आज सोमबार सानो मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।
त्यसका लागि तीन मन्त्रीको नाम टुंगो लगोको छ । जसमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले यी तीन नाम राष्ट्रपति कार्यालय पठाइसकेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलेले उनीहरुलाई मन्त्री नियुक्त गर्ने र आजै शपथ खुवाउने तयारी शीतलनिवासको छ ।
गत सोमबार र मंगलबार जेनजी युवाहरुले काठमाडौँ लगायत देशभरि गरेको प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार जेजजीको बलमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।