सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलआम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न राजी भएका छन्। उनको सपथ ९ बजेलाई तोकिएको छ।
अहिले कार्की क्याबिनेट बनाउने काममा सक्रिय भएको बुझिएको छ। मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ। सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ। शुरुमा तीन सदस्यीय मन्त्रिपरिषद् बनाउन कार्की सक्रिय छिन्।