साढे ३३ किलो सुन तस्करी काण्डका नाइके  ‘गोरे’ पनि जेलबाटै फरार

बिहीबार, भदौ २६, २०८२

बहुचर्चित साढे ३३ किलो सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेपछि सो समूहसँगै गोरेरपनि भागेका हुन् ।

सुन्धारा कारागारमा रहेका ३८ सय केदीबन्दीमध्ये ३३ सय कैदी भागेका छन् भने ५ सय मात्रै कारागारमा बसेका छन् । अहिले भने भागेका केही कैदीबन्दी फर्कि्न थालेका छन् ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो ।

अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो । त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेको बताइन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्