केन्द्रीय कारागारबाट टोपबहादुर रायमाझी र पूर्वगृहसचिव पाण्डे मध्यराति भागे

बुधबार, भदौ २५, २०८२

सुनधारास्थित केन्द्रीय कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ। 

उनीहरू गए राति नै भागेका हुन्।  भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन्।  रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन्।  

नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुनधारा कारागारमा पनि कैदीले आन्दोलन थालेका थिए। 

राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन्। अहिले भद्रबन्दी गृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन्। उनीहरू पनि आफैँ बसेका हुन् प्रहरीले रोकेको हैन। 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्