भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ

बुधबार, भदौ २५, २०८२

नेपाली सेनाले महाराजगन्जस्थित भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ परेको जनाएको छ। बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उनीहरु पक्राउ परेका हुन्। 

त्यसैगरी डिल्लीबजार - नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५ सय र २५ सय अमेरिकी डलर पनि बरामद गरिएको सेनाले अपडेट गरेको छ।

यसबाहेक सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नालसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।

साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरुमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुलाई रोकिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्