सोसल मिडिया
युनिकोड
राज्य सञ्चालन गर्ने प्राय: सबै निकाय जेनजी प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन्। त्यो पनि ४८ घण्टामै राज्यका मुख्य निकाय कब्जामा पुगेको छ।
मंगलबार प्रदर्शनकारीले काठमाडौँमा रहेको सिंहदरबार, नयाँ बानेश्वरमा रहेको संसद\ भवन नियन्त्रणमा लिएर आगाजनी गरे। त्यो दुवै स्थान उनीहरूले पूर्णरुपमा कब्जामा छ।
राज्यका मुख्य निकाय मध्येको एक न्यायपालिका (सर्वोच्च अदालत)मा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। क्षति पुर्याएका छन्।
सोमबार सुरु भएको प्रदर्शनमा २० जना युवाको निधन भएपछि मंगलबार बिहानैदेखि आक्रोशित देखिएका युवाले सुरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताका निजी निवासमा आगजनी र तोडफोड गरेका थिए।
त्यसक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा आरजु राणा देउवामाथि गम्भीर आक्रमण भएको। देउवाको अवस्था गम्भीर छ।
त्यसपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गरे र आगजनी गरे। त्यहाँबाट उनीहरू सिंहदरबारतर्फ अघि बढेका थिए। सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रवेश गरेर तोडफोड गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि प्रदर्शनकारीको आन्दोलन रोकिएको छैन। जबकि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले संयमतमा अपनाउन सार्वजनिक रुपमा आग्रह गरिसकेका छन्। तर, उनीहरू रोकिएका छैनन्। नेतामाथि आक्रमण भइरहेका सूचना आउन थालेका छन्।
प्रदर्शनकारीहरूले मिडिया हाउसमा पनि आक्रमण गरेका छन्। यो समाचार तयार पर्दासम्म प्रदर्शनकारीले शीतल निवास पनि जलाएका छन्।