सोसल मिडिया
युनिकोड
काठमाडौँको बानेश्वरमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल डारेक्टर दीपक पौडेलले जानकारी दिए।
मृतकको परिचय भने खुलिसकेको छैन। निजामती अस्पतालमा मात्रै १०० भन्दा धेरै घाइतेको उपचार जारी रहेको पौडेलले बताए।