सोसल मिडिया
युनिकोड
सरकारी जग्गा हडपेर शैक्षिक व्यापार गर्दै आएका विजय सम्वाहाम्फेको उठीवास लाग्ने भएको छ । लोयल्टी एकेडेमीको कम्पाउण्डमा काठमाडौं उपत्यका विकास प्राधिकरणले आज शनिवार डोजर चलाएर सरकारी जग्गा संरक्षणमा एक फड्को मारेको हो ।
बुढानीलकण्ठ नगरपालिका-९ मा धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त को स्कूल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्ष सम्बाहाम्फेको हो।
निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिइएको छ।
साबिक चपली ९ (ग) २ मा पर्ने धोबीखोलाको जग्गा नयाँ नापी हुँदा कायम कित्ता नम्बर १३३, १३४ र १४३ समेतमा घुसाई व्यक्तिका नाममा दर्ता भएको छ।
सम्बाहाम्फे लोयल्टी स्कुलका सञ्चालकसमेत हुन्। उनी र उनकी श्रीमतीका नाममा मात्रै चार रोपनी सरकारी जमिन दर्ता भएको छ। खोला कायम भइसकेको कित्ताबाट क्षेत्रफल कटाएर नक्सा सुधार गरी खोलाको जग्गासमेत मिसाई कुलो पनि मासेर व्यक्तिका नाममा साबिकभन्दा थप ३–१५–०–१ जग्गा दर्ता गरिएको छ।
धोबीखोला क्षेत्रको जमिन व्यक्तिका नाममा दर्ता भएको विषयमा छानबिन गर्न चाबहिल मालपोत कार्यालयका तत्कालीन प्रमुख शंकरप्रसाद भेटवालको संयोजकत्वमा समिति बनेको थियो। समितिले निलो पुलदेखि लोयल्टी स्कुल हुँदै एकता बस्तीसम्मको धोबीखोलाकिनारको जमिन अतिक्रमण गरी भौतिक संरचना बनाइएको प्रतिवेदन बुझाएको थियो।
उपत्यका प्राधिकरणका विकाश आयुक्त सुबास बस्नेत र कानून अधिकृत घनश्याम पौडेलको भौतिक सक्रियतामा सो काम भएको हो। प्रधानमन्त्री केपी ओलीको जन्मजिल्ला तेह्रथुमका विजयले उक्त कार्य रोक्न भएभरको बल लगाएका थिए । ज्याद्रा बस्नेत र पौडेलका सामू निरीह भएका विजयले आक्रमणको प्रयास गरेको बुझिएको छ ।