सोसल मिडिया
युनिकोड
यही भदौ २२ गते आइतबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा आइतबार बिदा दिएको हो ।
चेपाङ जातिले न्वागीलाई महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् । बागमतीका चितवन, मकवानपुर र धादिङमा चेपाङ जातिको बसोबास रहेको छ ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ जातीको जनसङ्ख्या ८४ हजार ३ सय ६४ मात्रै छ। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।