मन्त्री र मुख्यसचिवको गलेन दाल, जागिर लम्ब्याउन खोज्दा उल्टै अबगाल

मंगलबार, भदौ १७, २०८२

निजामती विधेयकमा कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष राख्ने सहमति जुटेको छ ।

प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएर राष्ट्रिय सभाको विधायन समितिबाट समेत पास भएको निजामती सेवा विधेयकमा रहेको कर्मचारीको अवकाशको उमेर हद उल्टाउन सरकारले फेरि चलखेल गर्न खोजेको थियो । 

विधेयकमा प्रतिनिधि सभाले तत्काल कर्मचारी ५८ वर्षमै अवकाश हुने र त्यसपछिका वर्षमा ५९ र ६० वर्ष लागू गर्ने व्यवस्था गरेको थियो । यसलाई विधायन समितिले पनि स्वीकार गरिसकेको छ । तर सरकारले यही वर्षदेखि ५९ वर्षमा मात्र कर्मचारी अवकाश हुनुपर्ने व्यवस्था गर्न दबाब दिएको थियो । तर, अब प्रतिनिधी सभाले पास गरेको विधेयक नै पास विधायन समितिले पास गर्ने भएको हो।

अब राष्ट्रिय सभाले विधेयक पास गरेर प्रतिनिधि सभामा पठाउने छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्