सोसल मिडिया
युनिकोड
कहिँ नभएको जात्रा हाँडिगाउँ बाट सरेर सिंहदरबार हुँदै पूर्वराजा ज्ञानेन्द्रको पाँचतारे होटल सोल्टी सम्मै पुगेको छ ।
एउटा मामूली सचिवको विदाई र जन्मदिनको पार्टी पाँचतारे होटलमा आयोजना गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार साँझ रमिता देखाएको हो ।
सो मन्त्रालयका सचिव सुरेश आचार्यको बिदाइ पाँचतारेमा पुगेर भव्य कार्यक्रमबीच सम्पन्न भएको छ।
५८ वर्षे उमेर हदका कारण भदौ १५ गते (आइतबार) कै साँझ पारेर काठमाडौँको पाँचतारे होटल सोल्टीमा बिदाइभोज गरिएको हो।
कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, सचिव (सिँचाइ) सरिता दवाडी, ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी जटौत, सुनील पौडेल, जल तथा ऊर्जा आयोगका सहसचिव सन्दीपकुमार देव, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, उपमहानिर्देशकहरू मनदेवी श्रेष्ठ, गोकर्णराज पन्थ, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश थापा, विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीलगायत साक्षी बसेका थिए।
कक्टेल डिनरसहित रात्रिभोजको जिम्मा विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डललाई दिइएको थियो। मण्डल सचिव आचार्यको जोडवलमा दोहोरिएर डिजी बनेका हुन्। दुईवटा हाइड्रो कम्पनीलाई खर्च गर्न लगाएर दशौं लाखमा विदाई गरिएको हो। सचिव विदाईको यो नै संभवत खर्चिलो र दुर्लभ जाँडपार्टी पनि भएको पहिलो घटना हो।