नौ सहसचिवको सरुवा, को हुँदैछ सम्पत्ति शुद्धीकरणको डिजी ?

सोमबार, भदौ १६, २०८२

सरकारले नौ सहसचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गरेको हो। 
कतिपयलाई दुई हप्तामै सरुवा गरिएको छ। 

दुई साताअघि बागमती प्रदेशबाट सञ्चार तथा प्रविधि मन्त्रालयमा सरुवा भएका कृष्णप्रसाद मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको नीता पोखरेलको सामान्यमा सरुवा गरिएको छ। 

मैनालीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मा दिने बुझिएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्