निजामती विधेयकमाथिको दफावार छलफलका लागि डाकियो बैठक

सोमबार, भदौ १६, २०८२

संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।  

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’मा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्