निजामती सेवा विधेयकमाथि आज पनि दफावार छलफल

आइतबार, भदौ १५, २०८२

संघीय संसद्का आज दुइटा समितिको बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्