सोसल मिडिया
युनिकोड
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बसिरहेको छ। बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ । निजामती सेवा विधेयकमाथिको दफावार छलफल चांडै टुंगो लगाउनु पर्ने बाध्यतामा समिति छ।